Logo

बिहिवार, श्रावण १४ गते २०८३

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

जोईन खबर

११, आषाढ २०८०
  • 697
    SHARES
  • भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

    ११ असार काठमाडौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो ।

    images

    प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए ।यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा चलाएको थियो ।

    १८ जना पक्राउ परेका थिए ।पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टङ्क गुरुङ क्रमशस् ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

    प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १८:०२:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको