Logo

बिहिवार, श्रावण १४ गते २०८३

बारपाकको उच्चा पहाडी भेगमा असार महिनामा कोदो रोपाई सुरु

बारपाकको उच्चा पहाडी भेगमा असार महिनामा कोदो रोपाई सुरु

जोईन खबर

१२, आषाढ २०८०
  • 670
    SHARES
  • बारपाकको उच्चा पहाडी भेगमा  असार महिनामा  कोदो रोपाई  सुरु

     १२ असार काठमाडौ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न १ २ ३ ४ आदि ठाउहरुमा असार महिनामा कोदो रोपाइको चटारो  थपिएको छ । यो देशको उच्चा पहाड भेगमा भने अहिले  कोदो रोप्ने बेला भएको छ । अहिले गोरखको अधिकांश ठाउहरुमा असार महिनामा धान अर्थात खेत रोप्न थालिएको हुन्छ । तर यतिबेला उत्तरी गोरखाको बारपाकका स्थानीलाई भने कोदो रोपाइका कारण र्फुस्द छैन् ।

    images

    बारपाक सुलिकोट गाउँपालिकाको वरपरीको गाउँ वा बारीहरुमा भने अहिले कुनै कुनै ठाउमा  मकै भर्खर  लहलह  हुदैछ ।  अर्को पाखा तिर भने कोदो रोपाइको काम भईरहेएको छ । यस कारण बारपाक १ देखि ४ मा भने मौसम अलि धेरै चिसो हुने भएकाले खेती हुर्कन र फल्न पाक्न धेरै समय लाग्छ । अझ भने हो भने त बारपाकमा त एक बर्षमा दुई खेती उत्पाद मकै र कोदो पाखा गरीन्छ । भने खेतमा धान र मकै लगाइन्छ । बारपाक सुलिकोट गाउँपालिकाको १ र २ वडाले नजिकै भएको यो गोरखाको एक ऐतिहासिक पर्यटकीय गाउँको  पछिल्लो पाखाहरुमा पुग्दा त्यो पाखमा कोदो रोप्ने मान्छेहरु रहरलाग्दो देखिएका छन् ।  यो ठाउमा छिनछिनमै कुहिरो  ओहोदोहोर गरिरहने यहाँको मौसम र मान्छे उस्तै रमाइलो छन् ।

    गाउँ पछिल्लोतिर रहेको बारी पुग्दा कोही खाजा खाँदै थिए भने कोही बिउ उखेल्दै थिए।  कोही खन्दै जिलाउँदै थिए भने कोही रोप्दै थिए। कृषक र लाहुरेको मिस्रित बसोबास रहेको यो गाउँ धेरै जस्तो समय अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ  देखिन्छ । याे ठाउ २०७२ सालकाे  महाभूकम्पाकाे केन्द्रबिन्दु  बारपाक १ र २  अझै तंग्रिने क्रममा भई संरचना उस्तै छ ।

    प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - ११:५४:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको