१२ असार काठमाडौ । भिमसेन थापा गाउँपालिकाले महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको लागि निःशुल्क स्त्री रोग तथा प्रजनन् स्वास्थ्य उपचार गर्ने शिविर सञ्चालन गरेको छ । शिविरमा ५० जना महिलाहरुले स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ स्थित धावा चौतारा र वडा नम्बर ७ स्थित क्यामुन्टारमा निःशुल्क उपचार शिविरमा सञ्चालन गरिएको शाखा प्रमुख खनालले बताउनुभयो ।
शिविरमा उपचार सेवा लिएका ४२ जनामा ४१ जनाले भिआइए पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराएका थिए, उहाँले भन्नुभयो, ‘परीक्षण गराएका मध्ये २ जनामा भिआइए रिर्पोट पोजटिभ आएको छ ।’
चौतारामा भिआइए परीक्षण गराएका ९ जनामा भने सवैको रिर्पोट नेगेटिभ आएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । ‘शाखा प्रमुख खनालको भनाई छ । उपचार शिविरबाट महिलाहरुमा हुने गरेको पाठेघरको मुखको क्यान्सरबाट जोगिन मद्दत पुग्ने शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।