१२ असार काठमाडौ ।गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका दुई जना पत्रकार प्रेस युनियन काठमाण्डौ जिल्ला समितिको सचिव र सहसचिवमा बिजयी भएका छन् । पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा पनि गोरखाकै पूजा बगाले निर्वाचित हुनुभएको हो । अधिकारी हाल हिमाल प्रेस अनलाईनमा कार्यरत रहेका छन् । पत्रकार अधिकारी गोरखाले लामो समय पत्रकारिता गर्नुभएको थियो ।पत्रकारीताको फिलमा धेरै अनुभवाहरु गरेका अधिकारीले अहिले पनि आफनो पत्रकारीता निरन्तरता दिरहेएका छन् ।
प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार -
१७:४७:३९ बजे