१३ असार काठमाडौ । गोरखाको भीमसेन थापा गाउँपालिकाले आजदेखि आफ्नै लोगो प्रयोगमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट पारित गरेर गाउँपालिकाको लागो सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाकाले गएको फागुन ५ र चैत १७ सार्वजनिक सूचना मार्फत लोगो निर्माणका लागि आवहन गरेको थियो । गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण भएको उहाँले बताउनुभयो ।
