Logo

बिहिवार, श्रावण १४ गते २०८३

बालेनको निर्देशनमा ललिता निवास तारबार लगाउन महानगर प्रहरी पुग्यो

बालेनको निर्देशनमा ललिता निवास तारबार लगाउन महानगर प्रहरी पुग्यो

जोईन खबर

१७, आषाढ २०८०
  • 721
    SHARES
  • बालेनको निर्देशनमा ललिता निवास तारबार लगाउन महानगर प्रहरी पुग्यो

    १७ असार काठमाडौ । काठमाडौं महानगर प्रहरी ललिता निवासको जग्गामा तारबार लगाउन ललिता निवास पुगेको छ।  आइतबार दिउँसो ललिता निवासको जग्गामा तारबार लगाउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो। 

    images

    सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो।ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै तारबार लगाउन लागेको हो। ललिता निवासको जग्गामा  तारबारको  काम हुदै छ ।

    प्रकाशित मिति :आषाढ १७, २०८० आइतवार - १५:४६:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको