१८ असार काडमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा लगतर बर्षको कारण गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।
पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालनमा आएको उनले जानकारी दिए ।पहिरोमा परी एउटा मालबाहकट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले बताए ।
आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन आएको थियो।पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं आउतजाउत गर्ने यात्रु बढी मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।