Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

जोईन खबर

१८, आषाढ २०८०
  • 652
    SHARES
  • आज राष्ट्रिय सभाको बैठक बस्दै

     १८ असार काडमाडौ ।आज राष्ट्रिय सभाको बैठक बस्दै  । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    images

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १२:१४:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको