Logo

बुधवार, कार्तिक १२ गते २०८३

भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आयो ? कति रुपैयाले

भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आयो ? कति रुपैयाले

जोईन खबर

१८, आषाढ २०८०
  • 832
    SHARES
  • भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर  आयो  ? कति रुपैयाले

    १८ असार कनठमाडौ । खाना पकाउने एलपिजी ग्यासको मूल्य  भारतबाट  घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन आइओसीले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ ।

    images

     यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो । आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटेयो भने ,डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ ।

    images
    images
    images

     नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो ।हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ ।नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ ।

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १४:५७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको