Logo

बिहिवार, श्रावण १४ गते २०८३

उत्तरी गोरखाको चुमनुब्रीमा डढेलो मुक्त क्षेत्र घोषणा

उत्तरी गोरखाको चुमनुब्रीमा डढेलो मुक्त क्षेत्र घोषणा

जोईन खबर

१८, आषाढ २०८०
  • 868
    SHARES
  • उत्तरी गोरखाको चुमनुब्रीमा डढेलो मुक्त क्षेत्र घोषणा

    १८ असार काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिकामा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमलाई समेटेर गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको पालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।डढेलोबाट बनजंगलको नाश मात्र नभई यसबाट पर्ने वातावरणीय असरले जलबायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।अध्यक्ष लामाले‘  भनु भयो यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलो मुक्त गाउँपालिका घोषणा गरिएको हो ।

    images

    बन्यजन्तुको शिकार खेल्ने ‘शिकारीहरुले सोही क्रममा डढेलो लगाउने र बनजंगलको बिनास गर्ने गरेकाले गाउँपालिकाले  कडाई नियन्त्रण  गरी  डढेलो मुक्त क्षेत्र  घोषणा गरेको हो ।चुमनुब्री गाउँपालिकालाई पहिलाडढेलो मुक्त गाउँपालिका बनाउन आबश्यक रहेको उहाँको भनाई छ । घोषणा कार्यान्व्यनका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० संग पनि समन्वय गरेर गाउँगाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उहाँले बताउनुभयो ।

    घोषणा कार्यान्वयनका लागि डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, बन्यजन्तुको बिनास लगायतका बिषय गाउँगाउँमा जनचेतना फैलाउनु आबश्यक छ, अध्यक्ष लामाले भन्नुभयो । प्रदुषणमुक्त गाउँपालिका निर्माणका लागि पालिका भित्रका खाली जमिनहरुमा बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एकसय तीन बर्ष अघिदेखि शान्ति र अहिसांको क्षेत्रको रुपमा प्रख्यात रहेको छ ।बि  स १९७७ को वुद्धजयन्ती अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामुहिक प्रतिवद्धता गराएर अहिंसाको क्षेत्र घोषणा गर्नुभएको थियो । सो

     

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १५:३९:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको