Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालमा किन्न पाइन्छ ३२ भेरियन्टका विद्युतीय कार

नेपालमा किन्न पाइन्छ ३२ भेरियन्टका विद्युतीय कार

जोईन खबर

१८, आषाढ २०८०
  • 712
    SHARES
  • नेपालमा किन्न पाइन्छ ३२ भेरियन्टका विद्युतीय कार

    १८ असार काठमाडौ । नेपालमा विद्युतीय सवारी ईभीको बिक्री तीव्र गतिमा बढिरहेको छ । पछिल्ला केही वर्ष यता सरकारले ईभीको प्रयोग बढाउन लिएको प्रोत्साहन नीति, कर छुट, कम्बस्चनको तुलनामा संचालन खर्च कम लगायत कारणले यसमा उपभोक्ताको आकर्षण बढेको हो ।

    images

    ईभीको तुलनामा कम्बस्चन इन्जिन भएका गाडीमा ८र१० गुणासम्म बढी कर लाग्ने कारण पनि ईभी नै सस्तो महसुस ग्राहकले गर्दा बिक्री बढेको हो कम्बस्चन इन्जिनको तुलनमा ईभीहरू चलाउन सजिलो, पावर र पीकअप दुबै बढी भएको कारण यसमा ग्राहकहरु झुम्मेका हुन् । अहिले पनि चल्तीका ईभी किन्न बुकिङ गरेर ग्राहकले कुर्नु पर्ने अवस्था रहेको छ ।कुनको मूल्य कति बजारमा उपलब्ध विलिङ एयर मिनी ईभी सबैभन्दा सस्तो विद्युतीय कार हो । यसको मूल्य २० लाख ९९ हजारबाट सुरू हुन्छ । त्यस्तै सबैभन्दा महंगो ईभी टेस्ला मोडल वाई हो । यसको मूल्य २ करोडभन्दा माथि पर्छ ।विलिङ एयर मिनी दुई भेरियन्टमा उपलब्ध छ । 

    टाटा मोटर्सकै सफल एसयूभी नेक्सन ईभी प्राइम विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । यसको रेगुलर भर्सन ३ भेरियन्टमा र डार्क एडिसन २ भेरियन्टमा उपलब्ध छ । नेक्सन प्राइम एक्सएम भेरियन्टको मूल्य ४१ लाख ४९ हजार, एक्सजेड भेरियन्ट मूल्य ४२ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।नेक्सन ईभी डार्क एडिसन एक्सजेड प्लस भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ र एक्सजेड लग्जरी प्लस भेरियन्टको ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले बिक्री गर्ने लङ रेन्ज मोडल ‘नेक्सन म्याक्सको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।एमजीले नेपालको ईभी बजारलाई नयाँ उचाइमा लग्यो भन्दा फरक पर्दैन । 

    साइमेक्स इंकले यसको स्टायडर्ड रेन्ज मोडलको मूल्य ५५ लाख ९९ हजार तोकेर बुकिङ लिइरहेको छ । यसको १०० किलोवाट लङ रेन्ज मोडलको मूल्य ६५ लाख ८८ हजार, ग्रिन कलर भर्सनको ६६ लाख ८८ हजार र टप १५० किलोवाट क्षमताको मोटर भएको भर्सनको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।बीवाइडीले नै बिक्री गर्ने ई(सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।निसान लिफ पनि पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ । 

    हुन्डाईले नेपालमा कोना र आयोनिक ५ ईभी बिक्री गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभीको एनएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार, जीएल भेरियन्टको ६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १८:५१:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको