१९ असार काठमाडौ ।काठमाडाै राजधानी शहरकाे सडकअवस्था देखेर याे पनि शहर होर भन्ने आभास महसुश गरेका छन । देशकै संघीय राजधानी काठमाडौंको सडकको दुरावस्था छ । याे सडक काठमाडाैकाे बनस्थलीस्थित ढुङ्गेधारा रानीवन सडकखण्डको अवस्थता यति सम्मा बिचलित भएकाे देखिएकाे छ । याे सडकमा पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे एक मुख्या राजधानीमा यस्तो सडक कताको होला अनुमान गर्नुस त, गाउँघरको, वा कुनै पहाडी बिकट जिल्लाको रु यस्तो सडक न गाउँको हो, न पहाडको एक यो हो त, ।
महानगरपालिकाको नार्गाजुन १६ नम्बर वडा अन्तर्गत पर्ने यो सडकको खाल्डाखुल्टी र हिलोले गर्दा यात्रुले ठुलो दुस्खकष्ट झेल्दै आएका छन्। ढुङ्गेधारा रानीवन सडक बिग्रिएको लामो समयमा समेत निर्माण नहुँदा यहाँ जनप्रतिनिधिनै छैनन् कि भन्ने आभास हुने ढुङ्गेधारामा फलफूलको व्यापार गर्दै आएका इश्वरी न्यौपानेले बताए । उनि भन्छन, ‘यो सडकको अवस्था हेर्दा यहाँ त स्थानीय सरकारनै छैन कि क्या हो भन्ने लाग्छ, नत्र बाटो बिग्रिएको यत्रो समय हुँदा पनि किन बनेन उनले प्रश्न गरे।
अहिले वर्षायममा त झनै यात्रु मात्र होइन पैदल हिड्नेले समेत ठुलो सास्ती व्याहोर्नु परिरहेको छ। सवारीसाधनले छाप्ने हिलोले त्यस बाटो हुँदै पैदल हिड्ने हैरान परेका छन्। ‘सडक रहेका डरलाग्दा खाल्डाखुल्डीले कुन बेला दुर्घटनामा परिने हो पत्तो छैन’ उक्त बाटो भएर स्कुटी चलाउने रमिला पौडेलले भनिन्, ‘कार्यालय जादा(आउदा धन्न बचियो भन्नुपर्ने अवस्था छ’, उनले भनिन्।
पानी परे पछि सडकमा पानीको मुल फुटे झै सडकको बीचमा ढलको पानी निस्कन्छ अनि पैदलयात्री, स्कुल कलेजका विद्यार्थी र मोटरसाइकल चालक र बाटोमा हिड्ने बुढापाका र बटुवाको विजोग हुने गर्छ ।वर्षायाम लागेसँगै यस्ता समस्या दिनदिनै भइरहेको छ । न त स्थानीय सरकार काठमाडौं महानगरपालिका, न केन्द्रीय सरकारका सम्वन्धीत कार्यालयले नै वास्ता गरेका छन् । यस क्षेत्रका सरकारी निकाय र जनप्रतिनिधिहरू विकासको कुरामा सवाल जवाफमा नै सीमित रहेको देखिन्छन् । चुनावका बेला यो गर्छु त्यो गर्छु भन्नेले अहिले यो सडक देखेनदेखेझैँ गर्छन, देखे पनि मुन्टो लुकाउछन्झ, स्थानीय व्यावसायी हरि श्रेष्ठले गुनासो गरे ।आखिर यो सडक राम्रो भए आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महशुस प्रतिनिधिहरुले कहिले गर्ने । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल आफ्नो वडामा सब ठिकठाक भएको सार्वजनिक रुपमै घोषणा गर्छन् । महानगर र जनप्रतिनिधिहरुको लापर्वाहिका कारणाआम नागरिकहरुले कहिलेसम्म दुःख भोगिरहने हो रु