Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घट्यो

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घट्यो

जोईन खबर

१९, आषाढ २०८०
  • 676
    SHARES
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा  घट्यो

    १९ असार काठमाडाै। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती  गरी  हवाई भाडा  घटाएकाे  हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो ९.३ प्रतिशत कटौती हो ।

    images

    प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।काठमाडौँबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

     

    tic4.pngtic2.pngtic3.png tic5.png

    प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - १६:३६:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको