२२ असार काठमाडाै । काठमाडौं महानगरपालिका भित्रकाे मातहतमा रहेएका दुई सहकारी संस्थाको दर्ता खारेज हुने भएको छ। महानगरपालिका सहकारी विभागले एउटा सूचना प्रकाशित गर्दै संस्था खारेजीको जानकारी गराएको हो।दर्ता खारेज हुने सहकारीहरुमा श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेड रहेका छन्।
महानगरपालिकाले सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार सहकारी संस्थाहरुको दर्ता खारेज गरेको हो। उक्त संस्थाले तिर्नुपर्ने दायित्व, उठाउनु पर्ने ऋण सहित बक्यौता केही भएमा तथा संस्थाहरुबाट धितो राखी कुनै कर्जा लिएको वा संस्थाहरुमा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले १५ दिनभित्र विभागमा सम्पर्क गर्न समेत अग्रह गरेको छ।उक्त सहकारी संस्थाहरु खारेजी पश्चात कुनै पनि दाबी विरोधको जिम्मेवारी महानगरपालिका सहकारी विभाग नहुन उल्लेख छ।