२२असार काठमाडाै । ठमेलको एलओडी क्लबमा उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।यही मुद्दाका अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिए ।