२४ असार काठमाडौ । हिजोमनहरीको नयाँ बस्तीमा २ वटा ट्रक एक आपसमा ठोकिदा गोरखाका सुमन चेपाङ सहित ३ जनाको मृत्यु भएके छ । मनहरी गाउँपालिका–६ को नयाँ बस्ती भएको दुर्घटनामा परी गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार निवासी सुमन चेपाङ सहित ३ जनाको मृत्यु भएको हो ।दुर्घटनामा हेटौडाबाट चितवन तर्फ आउदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो ।
शनिबार भएको उक्त दुर्घटनामा परी चितवन राप्ती नगरपालिका–८ का रिहान रुम्बा तामाङ र मकवानपुर मनहरी गाउँपालिका–३ का अमृत प्रजाको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।दुर्घटना लगत्तै दुवै ट्रकमा आगलागी भएको पनि प्रहरीले जनाएको छ । ज्यान गुमाएका चेपाङ भने ट्रकको सहचालक भएको पुष्टी हुन आएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले अरु अनुसन्धान कार्य हुदै छ। दुर्घटना हुनुकाे कारण भने खुलेकाे छैन्।