२५ असार कामठमाडाै । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न चार साैरपानीमा रहेएकाे बारपाक बहुप्राविधिक विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुले पढ्दै कामर्दै कृषि उत्पादनसंग जोड्न दिन गाउँपालिकाले ‘सिकनु पनि पर्छ कमाउनु पनि पर्छ भने नाराका साथै कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्रि बितरण गरेर विद्यार्थीहरुले आम्दानी गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिनुभयो ।
सौरपानीमा रहेको प्राबिधिक शिक्षालयमा कृषि वाली विज्ञानमा अध्ययनरत विद्याथीहरुले आलु, प्याज, टमाटर, तरकारी, च्याउ खेती लगायत फलफुल खेती गरेर उत्पादन बिक्री गरी आर्थिक आयआर्जन गर्न थालेको प्रमुख प्रशासकिय अधिकृत आर्चायले बताउनुभयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन इकाई गोरखा र शिक्षालयको साझेदारीमा शिक्षालय अन्र्तगत दुई सेमी हाइटेक टनेल निर्माण गरिएको छ, उहाँले भन्नुभयो, ‘अहिले दुई सेमी टनेल मध्ये एउटामा गोलभेडा उत्पादन भइरहेको छ भने अर्कोमा तने बोडी उत्पादन गरी बिक्री गर्न समेत थालिएको छ ।’
विद्यार्थीहरु आफैले पनि सामान्य खालका टनेल निर्माण गरी फागुनको अन्तिमा सातादेखि नै काक्रो, लौका, फर्सी, घिरौला, करेला लगायतका तरकारी खेती गरेर तरकारी उत्पादन गरी बिक्री गरेको उहाँले बताउनुभयो । ‘विद्यार्थीहरु आफैले च्याउको घर समेत निर्माण गरी च्याउ उत्पादन गर्दै आएका छन्, प्रमुख प्रशासकिय अधिकृत आर्चायले भन्नुभयो, ‘त्यसबाहेक मासु उत्पादनका लागि कुखुरा पालन व्यवसाय गरेर अहिलेसम्म करिव १५ सय किलो मासु बिक्री गरेका छन्, यसबाट पनि राम्रो आम्दानी भइरहेको छ ।’
कार्यक्रम अन्र्तगत नै गाउँपालिकाले भाडामा उपलब्ध गराएको करिव २३ रोपनी जमिनमा विद्यार्थीहरुले धानखेती गर्ने तयारी गरिरहेको उहाँले बताउनभयो । ‘राष्ट्रिय धान दिवसको अबसरमा १३ रोपनी जग्गामा एकैदिन रोपाइँ गरिसकिएको छ, प्रमुख प्रशासकिय अधिकृत आर्चायले भन्नुभयो, ‘बाँकी रहेका जमिनमा पनि छिट्टै रोपाईँ गर्ने तयारी विद्यार्थीहरुले गरिरहेका छन् ।भेटरीनरी क्लिनिकबाट प्रशिक्षार्थीहरुले गाउँपालिका भित्रका विरामी पशुपन्छीको उपचार गरेर समेत आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले यही साउनदेखि लागू हुनेगरी १० बर्षका लागि २३ रोपनी खेतीयोग्य जमिन शिक्षालयलाई भाडामा उपलब्ध गराएको हो । गाउँपालिकाले शिक्षालयमा आगामी आर्थिक बर्ष २०८०÷८१ मा माछापालन गर्ने, खोर निर्माण गरी बाख्रा तथा भेडा पालन सुरु गर्ने, भैसीको गोठ निर्माण गरी गाईभँैसी पालन गरी दुग्ध उद्योग सुरु गर्ने योजना बनाएको उहाँले बताउनुभयो । आगामी आर्थिक बर्षमा शिक्षालयमा प्रशिक्षणरत प्रशिक्षार्र्थीहरुले करिव दश लाख रुपैयाको आयआर्जनको गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।