२५ असार काठमाडाै । ललिता निवास प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा एक जना बहालवाला सचिव पक्राउ परेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पार्न टिप्पणी उठाउने काम गरेको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत आइतबार पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख अतिरिक्त महानिरीक्षक प्रहरी नि (एआइजी) किरण बज्राचार्यका अनुसार बुबाको उपचारका लागि भन्दै देश छाड्न लागेको सूचनाका आधारमा खटिएको टोलीले सचिव राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
त्रिभुवन विमानस्थलमा पुगेको थाहा न्त्री पाएपछि हाम्रो टोलीले पक्राउ गरेको हो। उहाँ विराटनगर हुँदै देश छाड्ने भन्ने जानकारी थियो,' एआइजी बज्राचार्यले प्रभावसँग भनिन् । राउतले देश छाड्न लागेको सूचना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले थाहा पाएपछि गृहमन्त्री श्रेष्ठलाई जानकारी दिएको स्रोत बताउँछ । जस आधारमा श्रेष्ठले आवश्यक प्रमाण जुटाउन निर्देशन दिएका थिए ।