२५ असार काठमाडाै । मुगु प्रदेश (क) का पूर्वसांसद दानसिंह परियार र छायाँनाथ रारा नगरपालिका-६ का वडाध्यक्ष खेमबहादुर रावल पक्राउ परेको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।
प्रदर्शनको क्रममा प्रशासन कार्यालयको गेट अगाडि सुरक्षाकर्मी र एमाले कार्यक्रताबीच धकेलाधकेलसमेत भएको प्रजिअ थापाले बताए छ ।वडाध्यक्ष र पूर्वसांसद परियारलाई रिहा गर्नुपर्यो एक डेढ घण्टा जति नाराबाजी गरे ।पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले हातपात परेपछि उनीहरू दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रशासन कार्यालयमा उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएपछि सोमबार एमालेले विरोध जनाएको हो ।