२५ असार काठमाडाै । भक्तपुरमा अस्पतालआउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्ने भएको छ ।आगामी साउनदेखि जिल्लाका चार वटा नगरपालिकासँग समन्वय गरी स्वास्थ्य पहुँचबाट टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने बिरामीलाई लक्षित गरी घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।
भक्तपुर नगरपालिकाले यसअघि नै घरदैलो स्वास्थ्य सेवा दिँदै आएको जानकारी दिँदै डा गौतमले वडा कार्यालयसँग समन्वय र छलफल गरी आवश्यकताअनुसार सञ्चालन गरिने बताइन्।अन्य नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा–वडामा चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान तथा थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा गौतमले जानकारी दिइन् ।
अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिकालगायत स्वास्थ्य पहुँचबाट टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिनसक्ने बताए। उ