२६ असार काठमाडाै । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा फेला घटान स्थालमा छ जनाकै मृत्यु भएको छ। हेलिकाेप्टर नेपाली पाइलटसहित पाँच जना मेक्सिकनकाे शव फेला परेको जिल्ला प्रशासन कार्यालय, साेलुखुम्बले जनाएकाे हाे।
आज बिहान १०:०१ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलि १०: १२ बजेदेखि नै सम्पर्कविहीन रहेकाे थियाे । हेलिकाेप्टर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए।सम्पर्कविहीन रहेकाे हेलिकाेप्टर ११: २४ मिनेटमा लामजुरा पास नजिकै देउराली भन्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे थियाे।