Logo

बुधवार, कार्तिक १२ गते २०८३

असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने : लक्ष्मी बैंक र सनराइज बैंक

असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने : लक्ष्मी बैंक र सनराइज बैंक

जोईन खबर

२८, आषाढ २०८०
  • 694
    SHARES
  • असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने :  लक्ष्मी बैंक  र सनराइज बैंक

    २८ असार काठमाडाै । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् ।दुबै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो भने नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    images

    यी सबै प्रक्रिया सम्पन्न भएसँगै दुबै बैंक एक हुन लागेका हुन ।दुई बैंक एक भई लक्ष्मी सन्राइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू हुने जानकारी बैंकले दिएको छ । मर्जर पश्चात् बन्ने बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहनेछ । एकिकृत कारोबार सुरू गर्न डाटा माइग्रेसन लगाएतका प्रयोजनका लागि दुबै बैंकको असार २७ गतेदेखि २८ गतेसम्म सबै शाखा कार्यालयबाट प्रदान हुने सेवा अबरूद्ध हुने जानकारी बैंकहरूले दिएका छन् ।

    images
    images
    images

    यी दुई बैंक समान हैसिएतमा एक हुन लागेका हुन । हाल लक्ष्मी बैंकको चुक्तापूँजी रू. ११ अर्ब ५५ करोडभन्दा बढी छ भने सन्राइज बैंकको रू. १० अर्ब ११ करोडभन्दा बढी छ । दुईं बैंक एक भएपछि चुक्तापूँजी रू. २१ अर्ब ६६ करोडभन्दा बढी कायम हुनेछ । एकिकृत कारोबारका दिनदेखि बढीमा १५ कारोबार दिन दुबै बैंकको शेयर कारोबार समेत बन्द रहनेछ ।मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था बमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १२:४२:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको