Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले इंग्ल्यान्डलाई हरायो

सकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले इंग्ल्यान्डलाई हरायो

जोईन खबर

२३, फाल्गुण २०७९
  • 772
    SHARES
  • सकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले इंग्ल्यान्डलाई हरायो

    सकिब अल हसनको सानदार अलराउन्ड प्रदर्शनमा बंगलादेशले तेस्रो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ५० रनले हराएको छ।

    images

    सुरूआती दुई खेल गुमाएको बंगलादेशले अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिनस्विप हुनबाट बचाएको हो।

    images
    images
    images

    बंगलादेशले दिएको २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्यान्ड ४३.१ ओभरमा अलआउट हुँदै १ सय ९६ रनमा समेटियो।

    उसका लागि जेम्श भिन्सले सर्वाधिक ३८ रन बनाए। ओपनर जेसन रोय १९, फिलिप साल्ट ३५, डेविड मलान डक, साम करन २३ र जस बटलर २६ रनमा आउट हुँदा क्रिस वोक्सले ३४ रन बनाए ।

    इङ्ल्याण्डलाई सस्तैमा रोक्न बंगलादेशका सकिब अल हसनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। इबादोत हुसेन र ताइजुल इस्लामले समान दुई-दुई विकेट लिए।

    त्यसअघि जहुर अहमेद चौधरी रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो।

    बंगलादेशका लागि सबिक अल हसनले सर्वाधिक ७५ रन बनाए। यस्तै मुश्फिकुर रहिमले ७० रन जोडे।

    नाज्मुल हसन सान्टोले ५३ रन बनाए पनि अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान तमिम इकवाल ११, लिथन दास शून्यमा आउट भए। 

    इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए। साम करन र आदिल राशिदले दुई दुई विकेट हात पारे। 

    यसअघि पहिलो खेलमा तीन विकेटले जित निकालेको इङ्ल्याण्डले दोस्रो खेलमा १ सय ३२ रनले विजयी हुँदै सिरिज जितेको थियो।अब यी दुई टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय हुनेछ।

    शाकिबको कीर्तिमान

    शाकिबले एकदिवसीय क्रिकेटमा अर्धशतक र चार विकेट लिएको आफ्नो करियरमा चौथो पटक हो। ३०० एक दिवसीय अन्तर्राष्ट्रिय विकेट पुरा गर्ने क्रममा उनले  दशौं पटक टोलीका लागि चार विकेट लिएका हुन्।

    यसअघि शाहिद अफ्रिदी र क्रिस गेलले तीन-तीन पटक यो कीर्तिमान बनाएका थिए।

     

    प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १६:१८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको