Logo

बुधवार, श्रावण १३ गते २०८३

वासीमको शतकमा युएईले पिएनजीलाई हरायो

वासीमको शतकमा युएईले पिएनजीलाई हरायो

जोईन खबर

१, चैत्र २०७९
  • 898
    SHARES
  • वासीमको शतकमा युएईले पिएनजीलाई हरायो

    आइसिसी विश्वकप लिग-२ अन्तर्तग आफ्नो अन्तिम खेलमा पिएनजी पराजित भएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई युएईले ६ विकेटले पराजित गरेको हो। 

    images

    युएईको जितमा कप्तान मोहमद वासीमले शतक प्रहार गरे। उनले ७६ बलमा ११९ रन जोडे। वृत्य अरिवन्दले ३३ रन जोडेका थिए।उसका लागि कप्तान असद भालाले ६५ रन जोड्दा नोर्भान भानुआले नटआउट ४९ रन जोडे। \

    आइसिसी विश्वकप लिग-२ अन्तर्तग आफ्नो अन्तिम खेलमा पिएनजी पराजित भएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पिएनजीलाई युएईले ६ विकेटले पराजित गरेको हो। 

    अब लिग-२ को यो अन्तिम सिरिजको अन्तिम खेल भोलि हुनेछ। भोलि कीर्तिपुर मैदानमा नेपालले युएईसँग खेल्नेछ। जित हात पारे नेपाल विश्वकप छनोटमा पुग्नेछ। 

    लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

    तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ।अब लिग-२ को यो अन्तिम सिरिजको अन्तिम खेल भोलि हुनेछ। भोलि कीर्तिपुर मैदानमा नेपालले युएईसँग खेल्नेछ। जित हात पारे नेपाल विश्वकप छनोटमा पुग्नेछ।

    लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १६:५०:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको