Logo

बिहिवार, श्रावण १४ गते २०८३

आईसीसी क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

आईसीसी क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

जोईन खबर

२७, आश्विन २०८०
  • 736
    SHARES
  • आईसीसी क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

    २७ असाेज काठमाडाैँ । विश्वकप  एकदिवसीय आईसीसी क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ ।

    images

     भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । भारतकाे रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् ।

    भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ ।

     

     

    अन्तिम अपडेट: असोज २७, २०८०

    प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ०७:२२:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको