१ कार्तिक काठमाडौँ । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले टि(२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
आज नेपालीका श्याम ढकालले डेब्यू गर्ने भएका हुन्। सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।
प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसमले त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका पाएका थिए ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल छन् ।