Logo

बिहिवार, श्रावण १४ गते २०८३

युएईले नेपाललाई १४१ रनको लक्ष्य दियो

युएईले नेपाललाई १४१ रनको लक्ष्य दियो

जोईन खबर

१, कार्तिक २०८०
  • 733
    SHARES
  • युएईले नेपाललाई १४१ रनको लक्ष्य दियो

    १ कार्तिक काठमाडाैँ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।

    images

    युएईका लागि बासिल हमीदले अर्धशतक प्रहार गरे। उनले ५१ रन जोडे। चौथो ओभरमा करण केसीको बलमा अलिसान शाराफु ६ रनमा कुशल भुर्तेलबाट सामातिए।

    त्यसपछि गुल्सन झाले दुई विकेट लिन सफल भए। उनले युएईका कप्तान मोहमद वासीमालाई १७ रनमा र  असिफ खानलाई १५ रनमा आउट  गरेका थिए।

    करणले युएईका लागि ३२ रन बनाएर खेलिरहेका अलि नासीरलाई १७ ओभरको पहिलो बलमा पाँचौँ विकेटको रूपमा आउट गरे।

    बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अभिनास र सोमपाल कामीले १ - १ विकेट लिन सफल भए।

     

    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १५:०४:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको