१ कार्तिक काठमाडाैँ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । नेपाललाइ युएईले१ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए ।कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए ।आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु एज लागेर ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।
गुलशन झाको सातौं ओभरको पहिलो बलमा लङअनमा सर्ट खेल्न चाहेका वासिम मिडविकेटमा कुशल भुर्तेलबाट १७ रनमा क्याच आउट भए । वासिमले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।