Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल महिला टेनिसमा नेपालको शानदार जित सुरुआत

नेपाल महिला टेनिसमा नेपालको शानदार जित सुरुआत

जोईन खबर

२, कार्तिक २०८०
  • 772
    SHARES
  • नेपाल महिला टेनिसमा नेपालको शानदार जित  सुरुआत

    २ कार्तिक काठमाडाैँ ।  नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराए ।नेपाली खेलाडीले सहज जित हात पार्ने क्रममा दुई सिंगल्स र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे ।

    images

    पहिलो सिंगल्समा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६–० र ६–० कै सोझो सेटमा हराइन् । डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले नै पाखा लगाए ।

    यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपाल÷ताजाकिस्तानसंगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्ने छ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइन विरुद्ध खेल्ने छन् ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - ११:११:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको