२ कार्तिक काठमाडाैँ । नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्दै ,पहिला बलिङ नेपालले गर्ने भएकाे छ ।
नेपालले दोस्रो खेलमा कप्तान रोहित सहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अविनाश बोहरा, श्याम ढकाललाई सुरुआती ११ मा राखेको छ ।
कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराएको हो ।टी २० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुदै छ ।