१३ कार्तिक काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाई नेपाललाई जितको लागि १४६ रनको चुनौती दिएको छ ।
सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् ।मनप्रति सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।
नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुईरदुई विकेट लिए । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो ।