Logo

बुधवार, श्रावण १३ गते २०८३

मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य 

मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य 

जोईन खबर

१४, कार्तिक २०८०
  • 763
    SHARES
  • मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य 

    १४ कार्तिक काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया छनोटमा मलेसियाले घरेलु टोली नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले  २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । 

    images

    ओपनर अहमद जुबैदी र सैद अजिजले ५।५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा जुबैदी कुशल मल्लबाट क्याच आउट भए ।  त्यसअघि तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए ।

    सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए । कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए । मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरे ।फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए ।

    नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए ।

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १५:०८:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको