१७ कार्तिक काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले युएईसँग टस हारेको हो । खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ ।
आजको खेलमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने रहेका छन् ।