Logo

बिहिवार, श्रावण १४ गते २०८३

विश्वकपमा पुग्न युएईले नेपाललाई १३५ रनको लक्ष्य दियो

विश्वकपमा पुग्न युएईले नेपाललाई १३५ रनको लक्ष्य दियो

जोईन खबर

१७, कार्तिक २०८०
  • 883
    SHARES
  • विश्वकपमा पुग्न युएईले नेपाललाई १३५ रनको लक्ष्य दियो

    १७ कार्तिक काठमाडौँ । आइसिसी टि २० विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपाललाई विश्वकपमा पुग्न युएईले  १ सय ३५ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो ।

    images

    युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन  चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट भए ।युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो । सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए ।

    398304175_741748901314826_6424611999959050124_n.jpg

    वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए । सन्दीपले १० औं ओभरको बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे ।कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए ।

    398305299_741748897981493_2320374095914580735_n.jpg

    एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए । नेपालका कुशल मल्लले  ३ विकेट लिए । सन्दीप लामिछानले २ विकेट कप्तान रोहित पौडेलले १ विकेट लिए । सोमपाल कामीले  १ विकेट लिएका थिए ।

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १२:५२:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको