Logo

बुधवार, श्रावण १३ गते २०८३

युएईलाई ८ विकेटले हराउँदै नेपाल टि २० विश्वकप फाइनल प्रवेश

युएईलाई ८ विकेटले हराउँदै नेपाल टि २० विश्वकप फाइनल प्रवेश

जोईन खबर

१७, कार्तिक २०८०
  • 895
    SHARES
  • युएईलाई ८ विकेटले हराउँदै नेपाल टि २० विश्वकप  फाइनल प्रवेश

    १७ कार्तिक काठमाडौँ ।आइसिसी टि२० विश्वकप फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । नेपालले १० वर्षपछि टि२० विश्वकपमा स्थान बनाएको हो । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७। १ । २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा  ३४ रनमा नट आउट रहे ।

    images

    नेपालका आसिफ शेख ६४ रनमा नट आउट रहे ।नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भएका भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए ।युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाए पनि त्यो जितको लागि सहज थिएन ।

    सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए । शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए ।कप्तान रोहित पौडेलको १६ औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भए । एलिशान शराफु १६, आसिफ खान १३, अली नासिर ४, बासिल हामिद र आयन खान १–१ रनमा आउट भए ।

    नेपालका कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानले  १४ रन खर्चेर २ विकेट लि । कप्तान रोहित पौडेलले६ रन खर्चेर १ विकेट र सोमपाल कामीले १५ रन खर्चेर १ विकेट लिए । नेपालले अव उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । नेपालले २०१४ पछि टि२० विश्वकपमा पहिलो पटक स्थान बनाएको हो ।

     

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १४:१७:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको