Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानलाई उपाधि

नेपाललाई सुपर ओभरमा हराउँदै ओमानलाई उपाधि

जोईन खबर

१९, कार्तिक २०८०
  • 850
    SHARES
  • नेपाललाई सुपर ओभरमा हराउँदै ओमानलाई उपाधि

    १९ कार्तिक काठमाडाैँ ।आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो ।

    images

    तर ओमानका बिलाल खानले १० रन दिँदै नेपालबाट उपाधि लगेका थिए । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिँएको थियो । तर ओमानका बिलाल खानले १० रन दिँदै नेपालबाट उपाधि लगेका थिए । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए ।

    ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए ।कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।

    सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । ओमानका अकिब इल्यास र नसिम खुसी ब्याटिङमा आएका थिए । अभिनाशले पहिलो बल अकिबलाई एक रन दिएका थिए । दोस्रो बलमा खुसीले डिप मिडविकेटमा छक्का हाने । तेस्रो बल उनले डट राखेका थिए ।

    चौथो बलमा खुसीले पुन डीप स्क्यायर लेगमा छक्का हाने । पाँचौं बल वाइड फ्याँले । सुरुवाती चार बलमा १४ रन जोडेको थियो । पाँचौं बलमा खुसीले काउकर्नरमा छक्का हाने । पाँच बलमा २० रन बटुलेको थियो । अन्तिम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो ।

    जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १६:१८:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको