Logo

बिहिवार, श्रावण १४ गते २०८३

त्रि बि क्रिकेट रंगशालामा फ्लड लाईट राख्न बल्ल लाग्यो ठेक्का

त्रि बि क्रिकेट रंगशालामा फ्लड लाईट राख्न बल्ल लाग्यो ठेक्का

राजन बाबु श्रेष्ठ

२०, कार्तिक २०८०
  • 2.1K
    SHARES
  • त्रि बि क्रिकेट रंगशालामा फ्लड लाईट राख्न बल्ल लाग्यो ठेक्का

    २० कार्तिक, काठमाडौं

    images

    किर्तिपुर स्थित त्रि  बि क्रिकेट ग्राउण्डमा फ्लड लाईट राख्न ठेकेदार कम्पनी छनौट भएको छ ।IMG_6142.jpeg

    त्रि बि क्रिकेट रंगशालाको फ्लडलाईटको राख्न दोस्रो पटक प्रकाशित बोलपत्रमा(ठेक्का आव्हान) भ्याट बाहेक रु सत्ताई करोड चालिस लाख दुई हजार वाईस प्रस्ताव गरेको एमएसआईपिएल-एएससी पावर जेभी छनौट भएको नेपाल खेकुद परिषद्ले जानकारी गराएको छ ।IMG_6143.jpeg
    बिश्वकप लिग-२ को फाईनल लगतै त्रि बि क्रिकेट रंगशालामा फ्लड लाईट राख्न प्रधानमन्त्रीको निर्देशन अनुसार पहिलो पल्ट २०७९ साल चैत्र २४ गते सूचना प्रकाशन गरि बोलपत्र आव्हान गर्दा कुनै पनि फर्मको प्रस्ताव परेको थिएन ।
    दोस्रो पटक मिति २०८० साउन १७ गते सूचना प्रकाशन गरि पुन बोलपत्र आव्हान गरेको थियो ।यस पटकको ठेक्का पक्रियामा   फर्महरुले गरेको प्रस्तावहरु मध्य  सिनामंगल काठमाडौंको एमएसआईपिएल-एएससी पावर जेभीको प्रस्ताव स्विकृत भएको हो ।  
    नेपाल खेलकुद परिषद्ले अब भने त्रि बि क्रिकेट रंगशालामा फ्लड लाईट राख्ने कार्य हुने आधार खडा भएकोमा खुशी व्यक्त गरेको छ ।नेपाल पछिल्लो समय आगामी बर्ष हुने टि ट्वान्टी विश्वकपमा छनौट भई सकेको छ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - २०:४०:३५ बजे

    राजन बाबु श्रेष्ठ

    Managing Director, Join Media House Lecture , Kantipur Dental College

    images
    ताजा अपडेट
    धेरै पढिएको