Logo

मंगलवार, श्रावण १२ गते २०८३

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा अभिलाषा र प्रकृति फाइनलमा

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा अभिलाषा र प्रकृति फाइनलमा

जोईन खबर

२३, कार्तिक २०८०
  • 784
    SHARES
  • तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा अभिलाषा र प्रकृति फाइनलमा

    २३ कार्तिक काठमाडाैँ ।अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

    images

    वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरे ।

    पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हराए । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे ।

    भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६(३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

    ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे ।

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ११:०५:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको