Logo

बुधवार, श्रावण १३ गते २०८३

विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती

विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती

जोईन खबर

३, मंसिर २०८०
  • 889
    SHARES
  • विश्वकपको उपाधि जित्न अस्ट्रेलियालाई २४१ रनको चुनौती

    ३ मंसिर काठमाडाैँ । आइतबार विश्वकपको उपाधि  विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको चुनौती दिएको छ । कसिलो बलिङ गरेको अस्ट्रेलियासामू निरिह बनेका भारतीय ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images

    केएल राहुलले १ सय ७ बलमा एक चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भए । ६३ बल खेलेका विराटले चार चौका प्रहार गरे । कप्तान रोहित शर्मा ३१ बलमा तीन छक्का र चार चौकासहित ४७ रनमा आउट भए । शुभमन गिल ७ बल खेल्दै चार रन बनाउँदा पभेलियन फर्किए ।

    सूर्यकुमार यादव २८ बल खेल्दा एक चौकासहित १८ रनमा आउट भए । श्रेयस अय्यर तीन बलमा ४ रन बनाएर आउट हुँदा रविन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए । मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा तीन बल खेलेका जसप्रित १ रनमा पभेलियन फर्के । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

    जारी विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यो पहिलो खेल बन्यो । अस्ट्रेलियाका मिचेल स्टाकले ३ विकेट लिदा जोस हेजेलउड र प्याट कमिन्सले २(२ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - १८:४०:०२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको