Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज मंसिर- ५ गतेको राशिफल यस्ताे छ

आज मंसिर- ५ गतेको राशिफल यस्ताे छ

जोईन खबर

५, मंसिर २०८०
  • 1.2K
    SHARES
  • आज  मंसिर- ५ गतेको   राशिफल यस्ताे छ

    मेष

    images

    मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

    वृष

    नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ ।

     मिथुन

    क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् ।

    कर्कट

    आज रहस्यात्मक विषय र अनुसन्धानात्मक कार्यमा जाग्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

    सिंह

    आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

    कन्या

    भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

    तुला

    आज मन मनमा अशान्ति र गलत आचरणतर्फ मन जान सक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ ।

    वृश्चिक

    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

    धनु

    आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

    मकर

    आज भाग्यमा वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ ।

    कुम्भ

    प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    मीन

    आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ। रा

    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ०८:२१:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको