Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज शनिवारको राशिफल यस्तो छ,

आज शनिवारको राशिफल यस्तो छ,

जोईन खबर

३०, मंसिर २०८०
  • 1.3K
    SHARES
  • आज  शनिवारको राशिफल यस्तो छ,
     
    मेष
    आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । 

    वृष

    images

    रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । 

    मिथुन

    आफन्तजन सँग मनमुटाब बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । 

    कर्कट

    आज श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।

    सिंह

    आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्य सिद्धिको योग छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

    कन्या

    चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

    तुला

    महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।

    वृश्चिक

    आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । 

    धनु

    आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । 

    मकर

    धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

    कुम्भ

    आज कार्यमा अवरोध आउला । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

    मीन

    आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । 

    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०७:४३:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको