Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालले आज यमनसंग प्रतिस्पर्धा गर्दै

नेपालले आज यमनसंग प्रतिस्पर्धा गर्दै

जोईन खबर

५, मंसिर २०८०
  • 886
    SHARES
  • नेपालले आज यमनसंग प्रतिस्पर्धा गर्दै

    ५ मंसिर काठमाडाैँ । विश्वकप छनोट खेलमा नेपालले आज यमनसंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ । सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो ।

    images

    नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर गर्दै आफूलेनै सात बजे खेल राख्न आग्रह गरेको बताए ।गल्फ राष्ट्र यमनलाई काठमाडौंको चिसोमा खेल्न गाह्रो हुने र त्यसको फाइदा नेपालले उठाउने एन्फाले बताएको थियो । तर प्रि-म्याच कन्फरेन्समा यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले यसअघिको खेल काठमाडौंभन्दा बढी उचाइमा खेलेको भन्दै सात बजे हुने खेलले केही फरक नपार्ने प्रतिक्रिया दिए ।

    नेपाल र यमनबीच अहिलेसम्म चार भेट हुँदा नेपाल जितविहीन छ । सन् २०१७ मा भएको एएफसी छनोटमा गोलरहित बराबरी खेल्नु यमनविरुद्ध नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।उनी अघिल्लो खेलमा चोटग्रस्त बनेका थिए । चोटकै कारण यूएईसंगको खेल गुमाएका अनुभवी डिफेन्डर अनन्त तामाङ भने मैदान फर्कने सम्भावना छ । 

    प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - ११:४५:३७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको