Logo

मंगलवार, श्रावण १२ गते २०८३

दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले स्वर्ण जिते

दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले स्वर्ण जिते

जोईन खबर

७, मंसिर २०८०
  • 799
    SHARES
  • दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा  कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले स्वर्ण जिते


    ७ मंसिर काठमाडाैँ । कोशी प्रदेशका सौगात लामा र अन्जु खवासले दोश्रो राष्ट्रिय लेजर रन प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । मोर्डन पेन्टाथलन संघद्वारा आयोजित प्रतियोगिताको यु–१७ उमेरसमूहको पुरुषमा सौगात र महिलामा अन्जुले स्वर्ण जितेका हुन् ।
    यु–१९ को पुरुषमा बागमती प्रदेशका शुलभ सुनुवार र महिलामा गण्डकी प्रदेशकी विनिता सार्की, जुनियरको पुरुषमा बागमतीका राहुल दर्शन र महिलामा कोशीकी इन्द्रकला नेम्वाङ, यु–९ को पुरुषमा बागमतीका पविनजंग गुरुङ र महिलामा बागमतीकै सुविज्ञा सुवेदी, यु–१३ को पुरुषमा कोशीका युसन कार्की र महिलामा कोशीकै स्नेहा राजवंशी तथा यु–१५ को पुरुषमा बागमतीका सोयबमान श्रेष्ठ र महिलामा कोशीकी अविरा रेग्मीले पहिलो स्थान हात पारे ।

    images

    सिनियरको पुरुषमा बागमतीका रामबहादुर घिमिरे तथा भेट्रानमा शैलेन्द्रमान तुलाधरले शीर्ष स्थान हात पारे ।

    प्रकाशित मिति :मंसिर ७, २०८० बिहिवार - १०:२४:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको