Logo

मंगलवार, श्रावण १२ गते २०८३

नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनल प्रवेश

नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनल प्रवेश

जोईन खबर

१३, मंसिर २०८०
  • 814
    SHARES
  • नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनल प्रवेश

    १३ मंसिर काठमाडाैँ ।स्वर्णिम नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साइ निलायमलाई १०–६ ले पराजित ग¥यो ।

    images

    5(7).JPG

    स्वर्णिमकी नितिशा महर्जनले ५ अंक जोडिन् ।जुनियर ब्वाइजमा आयोजक रेडियन्टले साइ निलायमलाई १९–४, इडेन ब्रिज एकेडेम (इबीए) ले पिपुल्स एकेडेमीलाई २२–४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

    4(19).JPG

    रेडियन्टका अर्नभजंग कार्कीले ७, इबीएका आदित्य श्रेष्ठले ९ र श्रृजना ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे । सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिन लन्सलाई २३–३ ले पाखा लगायो । ग्रिनफिल्डका लागि रिसन तामाङले ७ अंक जोडे ।

    2(28).JPG

    सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभीसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छ्याउदै प्रिक्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरे ।

    3(20).JPG

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - ११:२८:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको