Logo

मंगलवार, श्रावण १२ गते २०८३

मधेश प्रदेशले जित्यो केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको उपाधि

मधेश प्रदेशले जित्यो केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको उपाधि

जोईन खबर

१५, मंसिर २०८०
  • 847
    SHARES
  • मधेश प्रदेशले जित्यो केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको उपाधि

    १५ मंसिर कामठाडाैँ । केपी ओली कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ । 
    आज शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा  त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश बिचको  फाइनल खेमा आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले केपी ओली कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा १३५ रन जोडेकाे थियाे । मधेश प्रदेशले १३६ रन दिए संगै   आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो।आर्मीका सोमपाल कामीले मधेशका रुपेश सिंहको बलमा एक रन मात्र जोड्न सके।सोमपालले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए।

    कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र  भीम सार्कीले २२ रन जोडेका थिए। आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।   रोहित पौडेल ५ रन, बसिर अहमद २ रन,  कुशल मल्ल ० र राजेश पुलामी ३  रनमै आउट भए।बलिङमा मधेशका कप्तान हरिशंकर साहले ४ विकेट लिए

    उनले ४ ओभरमा १९ रन खर्चिए। प्रदीप पासवानले २ विकेट लिए भने पार्थिक यादवले १ विकेट लिन सफल भए। मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे। उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाएका थिए ।

     

    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १६:१५:५८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको