Logo

मंगलवार, कार्तिक ११ गते २०८३

नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक रेडियन्ट पब्लिक र जेसिसले जित्यो

नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक रेडियन्ट पब्लिक र जेसिसले जित्यो

जोईन खबर

१७, मंसिर २०८०
  • 898
    SHARES
  • नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक रेडियन्ट पब्लिक र जेसिसले जित्यो

    १७ मंसिर काठमाडौँ । नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक रेडियन्ट पब्लिक र जेसिसले जितेको छ । जेनिथ, आयोजक रेडियन्ट पब्लिक र जेसिसले नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका हो।

    images

    जेनिथ सिनियर ब्वाइज, रेडियन्ट जुनियर ब्वाइज र जेसिस सिनियर गल्र्समा च्याम्पियन बने ।सिनियर ब्वाइजको फाइनलमा जेनिथले आयोजक रेडियन्टलाई ५८–४५ ले पराजित ग¥यो । जेनिथको जितमा प्रज्ज्वल बस्नेतले २३ अंक योगदान गरे ।

    images
    images
    images

    जुनियर ब्वाइजको फाइनलमा विधान कार्कीको १२ अंक सहयोगमा रेडियन्टले ग्रिनफिल्डलाई २०–१९ को साँघुरोअन्तरले हरायो ।स्युचाटारस्थित आयोजक रेडियन्टको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा जेसिसले रिब्समाथि १८–१३ को जित दर्ता ग¥यो । जेसिसकी कृति मोक्तानले ७ स्कोर गरिन् ।फाइनलका सर्वाधिक स्कोरकर्तात्रय प्रज्ज्वल, विधान र कृति आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

    सिनियर ब्वाइजमा एनआईसी एकेडेमी, जुनियर ब्वाइजमा ओरेकल रे र सिनियर गल्र्समा काठमाडौं भ्याली स्कुल अनुशासित टिम चुनिए ।विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, कार्यक्रम संयोजक दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी जम्मा ४८ टिम सहभागी थिए ।

    प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - १८:४९:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको