Logo

बुधवार, श्रावण १३ गते २०८३

दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टेबलटेनिसको स्वर्णमा ‘क्लिन स्विप’ ,बास्केटबलमा एलएनएको दोहोरो जित

दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टेबलटेनिसको स्वर्णमा ‘क्लिन स्विप’ ,बास्केटबलमा एलएनएको दोहोरो जित

जोईन खबर

१८, मंसिर २०८०
  • 925
    SHARES
  • दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टेबलटेनिसको स्वर्णमा  ‘क्लिन स्विप’ ,बास्केटबलमा एलएनएको दोहोरो जित

    १८ मंसिर काठमाडौँ । दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको स्वर्णमा आइतबार श्रृजना ज्ञान सागरले ‘क्लिन स्विप’ गरेको छ । टेबलटेनिसमा ३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । तीनै स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो ।

    images

    मनमैजुस्थित एन्जल्स हार्टमा भएको ब्वाइज फाइनलमा सन्तोष थापाले ग्रिन हिल्सका रोहित भण्डारीलाई ११–५, ११–४ र ११–६ को सोझो सेटमा पराजित गरे ।तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स सिंगल्स फाइनलमा विपिना थापाले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की रक्षा थापालाई सीधा सेटमा ११–२, ११–४ र ११–७ ले हराइन् ।

    मिक्स डबल्समा कुशल श्रेष्ठ र सुप्रिया बोगटीको जोडीले ग्रिन हिल्सका जिमाल गुरुङ र आकृति रिमालको जोडीलाई फाइनलमा ११–४, ११–४ र ११–५ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

    4(20).JPG

    बास्केटबलमा एलएनएको दोहोरो जित ः

    एलएनएले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको जुनियर ब्वाइज बास्केटबलमा दोहोरो जित निकालेको छ ।मनमैजुस्थित घरेलु कोर्टमा एलएनएले रोजमेरीलाई २६–१५ ले पराजित ग¥यो । एलएनएको जितमा सर्गम थापाले १२ अंक योगदान गरे ।

    मनीष केसीको ८ अंक सहयोगमा एलएनएले मानसिंह धर्म माविलाई २५–१३ ले   हरायो ।जुनियर ब्वाइजमै एन्जल्स हार्टले मानसिंहलाई २३–१५, सिद्धार्थले एन्जल्स हार्टलाई १८–११ र मेघा पब्लिक स्कुललाई पनि १८–११ तथा पद्मचक्रले एन्जल्स हार्टलाई २१–१२ ले पाखा लगाए ।गल्र्समा एलएनएले स्प्रिङ भ्यालीलाई २९–२०, एन्जल्स हार्टले नर्थ प्वाइन्टलाई २१–१२, मानसिंहले एन्जल्स हार्टलाई २०–१२ र ल्यान्डमार्कले प्रारम्भ वल्र्डलाई २५–१७ ले पाखा लगाए ।

    1(47).JPG

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - १५:३५:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको