२० मंसिर काठमाडाैँ । हिमरश्मीका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा मंगलबार स्वर्ण जितेका छन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलमा भएको प्रतियोगिताको ब्वाइजमा सनमले निर्धारित दूरी ४ मिनेट ३२.०१ सेकेन्डमा पूरा गरे । गल्र्समा अस्मिताले निर्धारित दूरी तय गर्न ५ मिनेट ३५.३० सेकेन्ड समय खर्चिन् ।
तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १ सय मिटर दौडको ब्वाइजमा एलएनएका सैलेश श्रेष्ठ र गल्र्समा एलएनएकै सुजता बलामी तथा ४ सय मिटर दौडको ब्वाइजमा एलएनएका सन्तबहादुर दराई र गल्र्समा एलएनएकी रोशिका बोथेले स्वर्ण जिते । ४ गुणा १ सय मिटर रिलेको ब्वाइज÷गल्र्स दुवैमा एलएनएले शीर्ष स्थान हात पा¥यो ।