Logo

मंगलवार, श्रावण १२ गते २०८३

नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिए  

नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिए  

जोईन खबर

२२, मंसिर २०८०
  • 904
    SHARES
  • नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिए  

    २२ मंसिर काठमाडौँ । एसिसी यू–१९ एसिया कपमा नेपालका विकेटकिपर उत्तम थापा मगरको अर्धशतकमा नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । उक्त खेल दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७।२ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो।

    images

    नेपालका उत्तमले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । उनले यसअघि दुई महिना अघि एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध पनि अर्धशतक हानेका थिए ।एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो ।

    आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए ।अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।

    अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए ।गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो । 

     

    प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १४:५७:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको