२६ मंसिर काठमाडौँ । १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार प्रीतिमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मूलपानीमा भइरहेको प्रतियोगितामा प्रीतिमाले कस्मिक इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित ग¥यो ।
साइमन खवासले निर्णायक गोल गरे ।स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन फेका द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र गेटवे एकेडेमी पनि क्वाटरफाइनलमा पुगे ।
हाइलीले कोटदेवीलाई ३–१ गोलले पराजित ग¥यो ।
हाइलीका ‘म्यान अफ द म्याच’ कृष्ण काकीले २ तथा रोनित लामिछानेले १ गोल गरे । कोटदेवीका विश्व लामाले १ गोल फर्काए । गेटवेले प्रारम्भमाथि ४–१ को सहज जित दर्ता ग¥यो । गेटवेका प्रदीप खत्रीले २ तथा लक्ष्मण उप्रेती र ‘म्यान अफ द म्याच’ दर्शन केसीले १–१ गोल गरे । प्रारम्भका सुरज दनुवारले सान्त्वना गोल गरे ।