Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा प्रीतिमा क्वाटरफाइनल प्रवेश

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा प्रीतिमा क्वाटरफाइनल प्रवेश

जोईन खबर

२६, मंसिर २०८०
  • 805
    SHARES
  • १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा प्रीतिमा क्वाटरफाइनल प्रवेश

    २६ मंसिर काठमाडौँ । १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार प्रीतिमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मूलपानीमा भइरहेको प्रतियोगितामा प्रीतिमाले कस्मिक इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित ग¥यो ।

    images

    साइमन खवासले निर्णायक गोल गरे ।स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन फेका द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र गेटवे एकेडेमी पनि क्वाटरफाइनलमा पुगे ।
    हाइलीले कोटदेवीलाई ३–१ गोलले पराजित ग¥यो ।

    images
    images
    images

    हाइलीका ‘म्यान अफ द म्याच’ कृष्ण काकीले २ तथा रोनित लामिछानेले १ गोल गरे । कोटदेवीका विश्व लामाले १ गोल फर्काए । गेटवेले प्रारम्भमाथि ४–१ को सहज जित दर्ता ग¥यो । गेटवेका प्रदीप खत्रीले २ तथा लक्ष्मण उप्रेती र ‘म्यान अफ द म्याच’ दर्शन केसीले १–१ गोल गरे । प्रारम्भका सुरज दनुवारले सान्त्वना गोल गरे ।

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - १०:५०:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको